ईसीडी शिक्षकले लिए शैक्षिक सामग्री निर्माण तालिम

हिमाल प्रेस १५ असोज २०८१ १२:०७
938
SHARES
ईसीडी शिक्षकले लिए शैक्षिक सामग्री निर्माण तालिम

काठमाडौँ- तनहुँको भानु नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) ले शैक्षिक सामग्री निर्माण तालिम लिएका छन्।

नगरपालिकाअन्तर्गतका तीन दर्जन ईसीडी शिक्षकलाई नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले पाँच दिन तालिम दिएको हो।

तालिम पाएका ईसीडी शिक्षकले प्रभावकारी शिक्षक सिकाइ गर्ने शाखाले विश्वास लिएको छ। तालिमका क्रममा सिकेको सीप कक्षाकोठामा प्रयोग गर्ने ईसीडी शिक्षकले बताएका छन्।

उनीहरूले यस्ता तालिम देशभरका बालशिक्षकलाई दिनुपर्ने पनि बताए। शाखाले बालविकास सहजकर्ताका लागि सञ्चालित शैक्षिक सामग्री निर्माणसम्बन्धी पाँच दिवसीय कार्यशाला भएको बताउँदै कार्यशालालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने प्रधानाध्यापक, सहजकर्ताद्वय महालक्ष्मी सुनच्युरी र दामोदर कार्की, शिक्षा अधिकृत सरस्वती गुरुङ ढकाल, होस्ट विद्यालय होरालो शाशिस मावि नारेश्वरटारलगायतलाई धन्यवाद पनि दिएको छ।

प्रकाशित: १५ असोज २०८१ १२:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =