व्यवसायीले दिए लामो दूरीका सवारीको अग्रिम टिकट बन्द गर्ने चेतावनी, छलफलमा यातायातमन्त्री

हिमाल प्रेस १५ असोज २०८१ ११:२१
4
SHARES
व्यवसायीले दिए लामो दूरीका सवारीको अग्रिम टिकट बन्द गर्ने चेतावनी, छलफलमा यातायातमन्त्री

काठमाडौंँ- यातायात व्यवसायीले लामो दूरीका सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने चेतावनी दिएका छन्। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार बाढी र पहिरोले बाटो अवरुद्ध भएपछि बुकिङ बन्द गर्ने तयारी गरिरहेको जानकारी दिए।

‘सरकारले बाटो बनाउछु भनेर मात्र भएन। पहिला सडकको अवस्था अध्ययन गरेर मात्र यातायात सञ्चालन गर्नुपर्छ,’ उनी भन्छन्।

उनका अनुसार हिजो २ बजे काठमाडौँबाट छुटेका बस आज पनि स्वयम्भु, कलंकी र नागढुंगामै छन्। आज सरकार पक्षसँग छलफल गरेर अग्रिम बुकिङ बन्द गर्ने र टिकट लिएका यात्रुको टिकट पनि फिर्ता लिने तयारी रहेको सिटौलाको भनाइ छ।

हालसम्म १० लाखभन्दा बढी यात्रुले १७ असोजदेखिका काठमाडौँदेखिको टिकट बुकिङ गरेका छन्। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले अग्रिम टिकट बन्द गर्ने चेतावनी दिएपछि भौतिक यातायात तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल छलफलमा जुटेका छन्।

उनले विपद्का कारण बिग्रिएका सडक मर्मतको काम सुरु भएको बताए। तत्काल अग्रीम टिकट बन्द नगर्न यातायात व्यवसायी महासंघलाई मन्त्री दाहालले आग्रह पनि गरेका छन्। ‘यातायात व्यवसायीसँग छलफल गरेर दसैँमा सहज तरिकाले यातायात सञ्चालनको वातावरण बनाउने हो। यस विषयमा सरकार लागि परेको छ।’ उनले भने।

प्रकाशित: १५ असोज २०८१ ११:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 14 =