४,३८४ जना सैन्य जवान दीक्षित [तस्बिरहरू]

हिमाल प्रेस १५ कार्तिक २०८१ ८:१५ | Thursday, October 31, 2024
४,३८४ जना सैन्य जवान दीक्षित [तस्बिरहरू] तस्बिरहरू : नेपाली सेना

काठमाडौँ- नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटमा सैन्य आधार तालिम बुधबार समापन भएको छ। तालिम समापनका अवसरमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा सैन्य जवानहरूले अन्तिम दलेल कवाज प्रदर्शन गरेको जंगीअड्डाले जनाएको छ।

देशभरका विभिन्न ३६ स्थानमा सञ्चालित ९ महिना अवधिको सैन्य आधार तालिम सम्पन्न गरी ३,५५० पुरुष र ८३४ जना महिला गरी ४,३८४ जना सैन्य दीक्षित भएका छन्।

तालिम समापनका अवसरमा आयोजित अन्तिम दलेल कवाज कार्यक्रमअन्तर्गत श्री नं.१ सैन्य तालिम केन्द्र, त्रिशूलीमा सैनिक तालिम महानिर्देशक ध्रुवप्रकाश शाह, श्री नं. २ सैन्य तालिम केन्द्र, सैनामैनालगायत विभिन्न पृतना, बाहिनी तथा गण/गुल्ममा सम्बन्धित पृतनापति, बहिनीपतिलगायतका ज्येष्ठ अधिकृतहरुले कवाज निरीक्षण गर्नुका साथै उत्कृष्ट शिक्षार्थीलाई पुरस्कृत गरेको नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: १५ कार्तिक २०८१ ८:१५ | Thursday, October 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast