१३ लाख मानिस उपत्यकाबाट बाहिरिए

हिमाल प्रेस २५ असोज २०८१ १४:२८ | Friday, October 11, 2024
१३ लाख मानिस उपत्यकाबाट बाहिरिए काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा बडादसैँका लागि घर जाने यात्रुहरुको घुइँचो । तस्बिर : हरिराम भेटुवाल / रासस

काठमाडौँ– एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार यो संख्या शुक्रबारसम्मको हो। अठार लाख मानिस दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासंघका अध्यक्ष विजय स्वारले जानकारी दिए।

‘हामीले यस वर्ष दसैँमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरेका थियौँ,’ उनले भने, ‘तर मुलुकका विभिन्न स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले जोखिम मोलेर पनि १३ लाख बाहिरिएका छन्।’

अघिल्लो वर्षको दसैँमा १८ लाख मानिस काठमाडौँबाट बाहिरिएका थिए ।

प्रकाशित: २५ असोज २०८१ १४:२८ | Friday, October 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast