१० रोपनी जग्गामा बन्दैछ एमालेको पार्टी कार्यालय, अध्यक्ष ओलीबाट शिलान्यास

हिमाल प्रेस २५ असोज २०८१ १४:११ | Friday, October 11, 2024
१० रोपनी जग्गामा बन्दैछ एमालेको पार्टी कार्यालय, अध्यक्ष ओलीबाट शिलान्यास

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेका छन्।

अध्यक्ष ओलीले कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरस्थित एमाले केन्द्रीय कार्यालय भवनको शुक्रबार शिलान्यास गरेका हुन्।

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ र सावित्री गुरुङले दान गरेको १० रोपनी १४ आना जग्गामा एमालेको नयाँ पार्टी कार्यालय बन्न लागको हो।

एमाले महासचिव शंकर पोखरेलले पार्टी कार्यालयका लागि अत्याधुनिक भवन बन्न लागेको जानकारी दिए। भवनको लागत र विस्तृतपक्ष तयारीको क्रममा रहेको उनले बताए।

ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय कार्यालय बाढीले क्षति पुर्‍याएपछि कीर्तिपुरमा नयाँ कार्यालय भवन बन्न लागेको नेताहरूले बताएका छन्।

जग्गा दाता व्यवसायी गुरुङले आफू पहिल्यैदेखि एमालेनिकट रहेकाले जग्गा सहयोग गरेको बताए। आफूले अन्य पार्टीहरूलाई पनि सहयोग गर्दै आएको उनले उल्लेख गरे।

गुरुङले एक वर्षभित्र भवन बनाएर आगामी घटस्थापनामा हस्तान्तरण गर्ने जानकारी दिए।

प्रकाशित: २५ असोज २०८१ १४:११ | Friday, October 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast