‘हाड्रोलिक्स सिस्टम’ फेल भएको एयर इन्डियाको विमानको सफल अवतरण

हिमाल प्रेस २५ असोज २०८१ २०:५६
‘हाड्रोलिक्स सिस्टम’ फेल भएको एयर इन्डियाको विमानको सफल अवतरण

काठमाडौँ- भारतको तमिलनाडुस्थित तिरुचिरापल्लीबाट उडेर ‘हाड्रोलिक्स सिस्टम’ फेल भएको एयर इन्डियाको जहाजको सुरक्षित अवरण भएको छ।

तिरुचिरापल्लीबाट सारजाहका लागि उडेको केही बेरमै जहाजको ‘हाड्रोलिक्स सिस्टम’ फेल भएको पत्ता लागेको थियो।

१४० जना यात्रु सवार रहेको विमानलाई ‘फोर्स ल्यान्डिङ’ गराइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। जहाजलाई भारतीय समयअनुसार ८ : १४ बजे त्रिचीको शारजाहमा अवरण गराइएको छ।

‘हाड्रोलिक्स सिस्टम’ मा खराबी आएपछि जहाजलाई करिब दुई घण्टासम्म त्रिचीको आकाशमा घुमाइएको थियो। जहाजमा रहेको इन्धन सकाउन यो समयसम्म जहाजलाई आकाशमा उडाइएको बताइएको छ।

यद्यपि जहाज अवतरणका लागि ‘फ्युल डम्पिङ’ को विकल्प नअपनाई ‘बेली ल्यान्डिङ’ प्रयोग गरिएको छ। यो प्रक्रिया अपनाउँदा ‘ल्यान्डिङ गियर’ पूर्ण वा आंशिक रूपले नखोलेरै अवतरण गराउन सकिन्छ।

जहाजमा सवार सबै यात्रु सुरक्षित रहेका छन्।

प्रकाशित: २५ असोज २०८१ २०:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast