हसिनालाई देश छोड्न बाध्य पारेका विद्यार्थीहरू किन उत्रिए राष्ट्रपतिको विरोधमा?

हिमाल प्रेस ७ कार्तिक २०८१ १८:१४ | Wednesday, October 23, 2024
हसिनालाई देश छोड्न बाध्य पारेका विद्यार्थीहरू किन उत्रिए राष्ट्रपतिको विरोधमा? फाइल तस्बिर।

काठमाडौँ- बंगलादेशमा प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजीनामा माग गर्दै राष्ट्रपति भवन ‘बङ्गभवन’ कब्जा गरेका छन्।

यसअघि मंगलबार प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्न नेतृत्व गरेको समूह ‘एन्टी–डिस्क्रिमिनेसन स्टुडेन्ट मुभमेन्ट’ ले ढाकाको केन्द्रीय सहिद मिनारमा भएको र्‍यालीमा राष्ट्रपतिको राजीनामासहित पाँचबुँदे मागको घोषणा गरेको थियो।

राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग गर्दै मध्याराति बङ्गभवनतर्फ अघि बढेका प्रदर्शनकारीहरूलाई सेनाले ब्यारिकेड लगाएर रोकेको छ।

प्रदर्शनकारी बङ्गभवनबाहिर उभिएर बंगलादेशका राष्ट्रपतिको राजीनामा माग्दै नाराबाजी गरेका छन्। ‘राष्ट्रपति शेख हसिनाको अधिनाकयवादी सरकारका सहयोगी हुन्। उनले तुरून्तै राजीनामा दिनुपर्छ,’ एकजना प्रदर्शनकारीले भने।

मोहम्मद साहाबुद्दिन बंगलादेशका १६ औँ राष्ट्रपति हुन्। उनी सन् २०२३ को राष्ट्रपति चुनावमा अवामी लिगको मनोनयनमा निर्विरोध निर्वाचित भएका थिए।

भेदभावविरोधी विद्यार्थी आन्दोलनले सन् १९७२ मा लेखिएको संविधान खारेज गर्न माग गर्दै सन् २०२४ को सन्दर्भमा नयाँ संविधान लेख्न माग गरेको छ।

त्यसैगरी विद्यार्थीहरूले अवामी लिगका विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन माग गरेका छन्।

प्रदर्शनकारीहरूले सन् २०१८ र २०२४ मा शेख हसिनाको नेतृत्वमा भएको चुनावलाई अवैध घोषणा गर्नुपर्ने र यी चुनावमा विजयी भएका सांसदहरूलाई अयोग्य ठहर गर्नुपर्ने माग गरेका छन्। उनीहरूलाई जुलाई–अगस्त विद्रोहलाई ध्यानमा राख्दै गणतन्त्रको घोषणा गर्न आह्वान गरेका छन्।

सरकारी जागिरका लागि आरक्षण प्रणाली अन्त्य गर्न माग गर्दै जुलाईमा बंगलादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको विरोध प्रदर्शनले सरकारविरोधी प्रदर्शनको रूपमा लिएको हो।

विरोध प्रदर्शन उग्र भएपछि हसिनाले ५ अगस्तमा देश छोडेर हिँडेपछि बंगलादेशमा अन्तरिम सरकार बनेको थियो। हसिना अहिले भारतमा शरण लिएर बसेकी छन्।

उनी देश छोडेर हिँडेपछि बंगलादेशमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा सरकार गठन भएको छ।

प्रकाशित: ७ कार्तिक २०८१ १८:१४ | Wednesday, October 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast