हमासले पनि गर्‍यो याह्या सिनवारकाे मृत्यु भएको पुष्टि

हिमाल प्रेस २ कार्तिक २०८१ १८:५४ | Friday, October 18, 2024
हमासले पनि गर्‍यो याह्या सिनवारकाे मृत्यु भएको पुष्टि

काठमाडौँ- हमासले समूहका नेता याह्या सिनवारको मृत्यु भएको पुष्टि गरेको छ। हमासका उपप्रमुख अल–हय्याले सिनवारको मृत्यु भएको पुष्टि गरेका हुन्।

भिडियो सन्देशमार्फत सिनवार मृत्युको पुष्टि गर्दै उनले हमास प्यालिस्टिाइनीहरूको महत्वकांक्षा पूरा गर्ने अभियानमा अगाडि बढिरहने छ।

सिनवारको मृत्युपछि हमास थप बलियो भएको अल–हय्याले भनेका छन्। उनले इजरायलले कारबाही नरोकेसम्म गत वर्ष अक्टुबरमा बन्धक बनाइएकाहरूलाई रिहा नगर्ने बताएका छन्।

‘गजामा इजरायली कारबाही अन्त्य नभएसम्म र उनीहरूको सैनिक फिर्ता नभएसम्म बन्धकहरू रिहा हुने छैनन्,’ उनले भिडियो सन्देशमा भनेका छन्।

सिनवारपछि अल–हय्या हमासका सबैभन्दा वरिष्ठ नेता हुन्। गत वर्ष अक्टुबर ७ मा इजरायलमाथि हमासले गरेको आक्रमणको मुख्य योजनाकार सिनवार रहेको इजरायलले दाबी गर्दै आइरहेको छ।

इजरायली सेनाका अनुसार दक्षिणी गजामा सक्रिय सैनिकहरूले सिनवारलाई एउटा भवनभित्र मारेको थियो।

सिनवारको मृत्युलाई एक चरणको जित भने पनि इजरायलले बन्धकहरू रिहा नहुन्जेल आफ्नो सैनिकले आक्रमणलाई जारी राख्ने बताएको छ।

प्रकाशित: २ कार्तिक २०८१ १८:५४ | Friday, October 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast