सुनको मूल्य एक लाख ६५ हजार

हिमाल प्रेस ४ कार्तिक २०८१ ११:१८ | Sunday, October 20, 2024
सुनको मूल्य एक लाख ६५ हजार

काठमाडौँ- सुनको मूल्यमा आज पनि वृद्धि भएको छ। तीन दिनसम्म लगातार बढेको सुनको मूल्यले आज फेरि हालसम्मकै सर्वाधिक महँगो मूल्यको रेकर्ड कायम गरेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै सर्वाधिक महँगो मूल्य हो। शुक्रबारको मूल्यमा ६ सय वृद्धि भएर सुन तोलामा १ लाख ६५ हजार पुगेको महासंघले जनाएको छ।

शुक्रबार सुन तोलको एक लाख ६४ हजार चारसय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि आज बढेको छ। तोलामा एकैदिन ९५ रुपैयाँ बढेर चाँदी आज दुई हजार ७५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको मूल्य तोलाको एक हजार नौसय ८० रुपैयाँ थियो।

प्रकाशित: ४ कार्तिक २०८१ ११:१८ | Sunday, October 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast