सुक्खा पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध

हिमाल प्रेस ११ कार्तिक २०८१ ६:३६ | Sunday, October 27, 2024
सुक्खा पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङ- सुक्खा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरूद्ध भएको छ। छविसपाथिभेरा गाउँपालिका–१ जालेबगर नजिकै बालुवाटारमा खसेको पहिराले सडक अवरूद्ध भएको हो।

दुई साताअघि सोही ठाउँमा सुक्खा पहिरो खस्दा पाँच दिनसम्म सडक अवरुद्ध बनेको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताइन्।

उनका अनुसार पटकपटक खस्ने सुक्खा पहिरोले जिल्लाको यातायात सेवा प्रभावित हुँदै आएको छ। पहिरो पन्छाउने काम भइरहेको उनले बताइन्।

सडक विभाग कार्यालय बैतडीका प्रमुख लक्ष्मण जोशीले सडक खुलाउने कार्य जारी रहेको बताए।

उनले लगातार सुक्खा पहिरो खसिरहेकाले सडक खुलाउन समय लागेको बताइन्। पहिरो खस्दा लामो तथा छोटो दूरीका सवारीसाधन सडकमै रोकिएका छन्।

प्रकाशित: ११ कार्तिक २०८१ ६:३६ | Sunday, October 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast