सिटीको सानदार प्रदर्शन, लिभरपुलको जित

हिमाल प्रेस ८ कार्तिक २०८१ ८:१९ | Thursday, October 24, 2024
सिटीको सानदार प्रदर्शन, लिभरपुलको जित

काठमाडौँ- एर्लिङ हालान्डको शानदार प्रदर्शनमा म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिगको बुधबार राति भएको खेलमा स्पार्टा प्रागमाथि ५-० को प्रभावशाली जित निकालेको छ।

तेस्रो मिनेटमा फिल फोडेनको गोलमा अग्रता लिएको सिटीका लागि दोस्रो हाफमा हालान्डले दुई गोल गरे। पहिलो हाफमा दुई पटक विपक्षी गोलरक्षक पिटर भिन्दाहीबाट रोकिएका हलान्डले साभिन्होसँगको सहकार्यमा ५८ औँ मिनेटमा गोल गरेका थिए।

६४ औँ मिनेटमा अर्को गोल गरेपछि उनको च्याम्पियन्स लिगमा गोल संख्या ४४ पुगेको छ। ६४ औँ मिनेटमा जोन स्टोन्सले सिटीका लागि अर्को गोल गरेका थिए। म्याथ्यु नुनेजले खेल सकिन केही मिनेट अघि पेनाल्टीमा गोल गरेका थिए।

अर्को खेलमा डर्वीन नुनेजको गोलमा आरबी लुइपिगलाई १-० ले हराउँदै लिभरपुलले शतप्रतिशत विजयी यात्रा तेस्रो खेलसम्म कायम राखेको छ। आर्ने स्लटको प्रशिक्षणमा लिभरपुलको यो १२ औँ खेलमा ११ औँ जित हो।

इङ्लिस प्रिमियर सिपमा शीर्ष स्थानमा रहेको लिभरपुल यस च्याम्पियन्स लिगको अंक तालिकामा पनि शीर्ष स्थानमा उक्लेको छ।

प्रकाशित: ८ कार्तिक २०८१ ८:१९ | Thursday, October 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast