साफ महिला च्याम्पियनसिप : फाइनलकाे टिकट एन्फा आफैँले बेच्ने

हिमाल प्रेस १३ कार्तिक २०८१ १५:४९ | Tuesday, October 29, 2024
साफ महिला च्याम्पियनसिप : फाइनलकाे टिकट एन्फा आफैँले बेच्ने

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) ले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को फाइनल खेलको टिकट आफैँलै बिक्री गर्ने भएको छ। एन्फाले मंगलबार माउन्ट एभरेस्ट स्पोर्टस एन्ड इभेन्ट्स प्रालिसँगको सम्झौता रद्द गर्दै आफैँ टिकट बिक्री गर्ने जानकारी दियो। माउन्ट एभरेस्टले टेन्डर प्रक्रियामार्फत ८० लाख रुपैयाँमा साफ च्याम्पियनसिपको टिकेटिङ अधिकार प्राप्त गरेको थियो।

टिकट जावलाखेल खेल मैदान, एन्फा मुख्यालय र भद्रकालीस्थित आर्मी अफिसियल केन्द्रबाट लिन सकिने छ। टिकट बिक्री बुधबार बिहान ८ बजेबाट सुरु हुनेछ। एन्फाले साधारण प्यारापिटतर्फ १० हजारमात्र टिकट बिक्री हुने बताएको छ। यसैगरी भीआईपीतर्फ एक जनाले दुई वटा मात्रै टिकट लिन पाउनेछन्।

साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बुधबार नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ः३० देखि सुरु हुनेछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको नेपाल र भातरबीचको सेमिफाइनलमा क्षमताभन्दा बढी टिकट बिक्री भएको र त्यसको छानबिन जारी रहेको भन्दै एन्फाले सोमबार टिकट बिक्रीमा रोक लगाएको थियो।

म्याच रिपोर्टअनुसार आइतबार करिब १५ हजार दर्शक क्षमता रहेको रंगशालामा १८ हजार ९ जना दर्शकलाई प्रवेश दिएको थियो। साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बुधबार नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित: १३ कार्तिक २०८१ १५:४९ | Tuesday, October 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast