साफ महिला च्याम्पियनसिप : माल्दिभ्सविरुद्ध जित निकाल्ने लक्ष्यमा नेपाली टोली

हिमाल प्रेस ५ कार्तिक २०८१ ८:०५ | Monday, October 21, 2024
साफ महिला च्याम्पियनसिप : माल्दिभ्सविरुद्ध जित निकाल्ने लक्ष्यमा नेपाली टोली

काठमाडौँ- साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले आज (सोमबार) माल्दिभ्सविरुद्ध खेल्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा साँझ साढे ५ बजेदेखि खेल सुरु हुनेछ। च्याम्पियनसिपमा नेपाल पहिलो जितको खोजीमा आज मैदान उत्रँदैछ।

समूह चरणको पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको नेपाललाई सेमिफाइनलमा स्थान बनाउन माल्दिभ्सलाई हराउनै पर्ने दबाब छ। माल्दिभ्सविरुद्धको खेलमा नेपालकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बा टोलीमा हुनेछिन्। व्यवसायिक लिगका लागि फ्रान्समा रहेकी साम्बा साफका लागि आइतबार राति नेपाल आइपुगेकी हुन्।

उता माल्दिभ्स पनि बलियो टोली नेपाललाई रोक्दै अंक जोड्ने प्रयासमा हुनेछ। माल्दिभ्स आफ्नो पहिलो खेलमा श्रीलंकासँग १-० गोलअन्तरले पराजित भएको थियो। सोमबारको पहिलो खेलमा समूह ‘बी’ का श्रीलंका र भुटान भिड्नेछन्। सो खेल दिउँसो साढे १ बजेदेखि सुरु हुनेछ। श्रीलंका लगातार दोस्रो जितको खोजीमा मैदान उत्रँन लागेको हो भने भुटान आज पहिलो जितको खोजीमा छ।

प्रकाशित: ५ कार्तिक २०८१ ८:०५ | Monday, October 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast