साफ च्याम्पियनसिप फाइनल खेलको टिकट बिक्री किन भयो स्थगित?

हिमाल प्रेस १२ कार्तिक २०८१ १९:३७ | Monday, October 28, 2024
साफ च्याम्पियनसिप फाइनल खेलको टिकट बिक्री किन भयो स्थगित?

काठमाडौँ- साफ महिला च्याम्पियनसिपअन्तर्गतको फाइनल खेलको टिकट बिक्री स्थगित भएको छ। नेपाल र भारतबीचको सेमिफाइनल खेलमा सम्झौताविपरीत रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरिएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) तत्कालका लागि फाइनल खेलको टिकट बिक्रीमा रोक लगाएको हो।

एन्फाले सो विषयमा अनुसन्धान भइरहेको जनाएको छ। माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले टेन्डर प्रक्रियामार्फत साफ च्याम्पियनसिपको टिकेटिङ अधिकार लिएको थियो।

‘नेपाल र भारतबीचको खेलमा संघसँगको सम्झौताविपरीत दशरथ रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै टिकेटिङ अधिकार प्राप्त माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिसँग सत्य तथ्य बुझ्ने कार्य भइरहेको छ,’ सूचनामा भनिएको छ, ‘त्यसैले हालकै अवस्थामा कुनै पनि माध्यमबाट टिकट बिक्री नगर्नरनगराउन र अर्को सूचना जारी नभएसम्म फाइनल खेलको टिकट खरिद नगर्न हुन आम दर्शकहरूमा सार्वजनिक आह्वानसमेत गर्दछौं।’ एन्फाले जारी सूचनालाई बेवास्ता गर्दै टिकट बिक्रीवितरण गरी कुनै समस्या आइपरेमा एन्फा जबाफदेही नहुने पनि जनाएको छ।

बुधबार फाइनल खेल हुँदैछ। फाइनलमा नेपाल र बंगलादेश भिड्ने भएका छन्।

प्रकाशित: १२ कार्तिक २०८१ १९:३७ | Monday, October 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast