साफ च्याम्पियनसिप : नेपालको गोलको मान्यता नपाएपछि रंगशालामा तनाव

हिमाल प्रेस ११ कार्तिक २०८१ २१:०९ | Sunday, October 27, 2024
साफ च्याम्पियनसिप : नेपालको गोलको मान्यता नपाएपछि रंगशालामा तनाव

काठमाडौँ- साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपालले भारतविरुद्ध गरेको गोल मान्यता नदिएपछि दशरथ रंगशालामा तनाव भएको छ। नेपालले भारतविरुद्ध खेल्न अस्वीकार गरेपछि अहिले रंगशाला तनावग्रस्त बनेको हो।

भारतले ७१ मिनेटमा नेपालविरुद्ध गोल गर्दै अग्रता लिएको थियो। सोही गोलको सेलिब्रेसन गरिरहँदा रेफ्रीले सिटी बजाएपछि नेपालकी प्रिती राईले खाली पोस्टमा गोल गरेकी थिइन् । सुरुमा रेफ्रीले उक्त गोललाई मान्यता दिए पनि पछि गोल दिन अस्वीकार गरेकी थिइन्। भारतले समेत खेलाडीहरु सेलिब्रेसन गरिरहँदा खाली पोस्टमा गोल गरेको भन्दै विरोध गरेका थिए। त्यसपछि नेपालले खेल्न अस्वीकार गरेको हो।

यस्तै मध्यान्तरपछिको खेलमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाएपछि मैदान छोड्नु परेको छ। खेलको ५१औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि उनले मैदान छोड्नु परेको हो। नेपाल अहिले १० खेलाडीमा सीमित बनेको छ।

प्रकाशित: ११ कार्तिक २०८१ २१:०९ | Sunday, October 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast