सातदोबाटोमा रोकेर राखेको बसमा आगलागी

हिमाल प्रेस ३ कार्तिक २०८१ १८:२१ | Saturday, October 19, 2024
सातदोबाटोमा रोकेर राखेको बसमा आगलागी

ललितपुर– ललितपुरको सातदोबाटोमा रोकेर राखिएको सार्वजनिक बसमा आगलागी भएको छ। ललितपुर महानगरपालिका–१५ सातदोबाटो चोक नजिक रोकेर राखेको अवस्थामा आज अपराह्न चक्रपथमा चल्ने महानगर यातायातको बा ४ ख १०६ नम्बरको बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवरत्न पौडेलले जानकारी दिए।

सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बस ‘बस पाकेट’मा रोकेर राखिएको अवस्थामा अचानक तार ‘सट’ भई आगलागी भएको उनले जानकारी दिए।

बसमा आगलागी भएको खबर प्राप्त हुनासाथ प्रहरी टोली र ललितपुर महानगरपालिकाका दुईवटा दमकल प्रयोग गरेर आगो निभाइएको थियो। आगलागीबाट बस पूर्ण रूपमा क्षति भएको छ।

प्रकाशित: ३ कार्तिक २०८१ १८:२१ | Saturday, October 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast