साउन र भदौमा भित्रियो २ खर्ब ६३ अर्ब रेमिट्यान्स

हिमाल प्रेस २९ असोज २०८१ १८:१८ | Tuesday, October 15, 2024
साउन र भदौमा भित्रियो २ खर्ब ६३ अर्ब रेमिट्यान्स राष्ट्र बैंक

काठमाडौँ – चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन–भदौ) मा २ खर्ब ६३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको विवरण अनुसार साउनमा १ खर्ब ३६ अर्ब र भदौमा १ खर्ब २७ अर्ब रुपैयाँको रेमिट्यान्स भित्रिएको हो।

राष्ट्र बैंकका अनुसार भदौसम्मको रेमिट्यान्स आप्रवाह अघिल्लो आवको यसै महिनाको तुलनामा १८.७ प्रतिशतले बढी हो। अमेरिकी डलरमा रेमिट्यान्स १ अर्ब ९६ करोड आएको छ। अघिल्लो वर्षको यसै महिनामा डलरमा रेमिट्यान्स १ अर्ब ७३ करोड थियो।

यस वर्ष वैदेशिक रोजगारीमा जानेको संख्यामा समेत वृद्धि भएको छ। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ७६ हजार ४८५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४० हजार ५८३ रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ७४ हजार ४५५ र ३२ हजार ००४ रहेको थियो। समीक्षा अवधिमा खुद द्वितीय आय (ट्रान्सफर) २ खर्ब ८६ अर्ब ४५ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष खुद ट्रान्सफर २ खर्ब ५१ अर्ब ६५ करोड थियो।

प्रकाशित: २९ असोज २०८१ १८:१८ | Tuesday, October 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast