सांसद अशोक चौधरी पक्राउ

हिमाल प्रेस १३ कार्तिक २०८१ १२:३१ | Tuesday, October 29, 2024
सांसद अशोक चौधरी पक्राउ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोक चौधरी पक्राउ परेका छन्। रवि लामिछाने रिहाइको माग गर्दै बालुवाटारमा प्रदर्शन गर्नेक्रममा उनी पक्राउ परेका हुन्।

चौधरीसहित १७ जना कार्यकर्ता पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा रास्वपा काठमाडौँ सभापति प्रदीप बिष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य एवं शुभचिन्तकहरू खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्का गरी १९ जना छन्। यस्तै

दयाराम नेपाल, सिन्धुपाल्चोक, सैलेन्द्र खत्री, भक्तपुर,  तनहु, नवराज मुड्वरि, गोर्खा पक्राउ परेका हुन्। अन्यको परिचय प्रहरीले खुलाएको छैन।

प्रकाशित: १३ कार्तिक २०८१ १२:३१ | Tuesday, October 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast