सरकारको सयदिन सफल रहेको कानुनमन्त्रीको दाबी

हिमाल प्रेस १ कार्तिक २०८१ १२:५७ | Thursday, October 17, 2024
सरकारको सयदिन  सफल रहेको कानुनमन्त्रीको दाबी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया

काठमाडौं– कानुन न्याय तथा सङ्घीय मामिलामन्त्री अजयकुमार चौरसियाले वर्तमान सरकारको सय दिन सफल भएको दाबी गरेका छन्। नेपाल प्रेस युनियन पर्साद्वारा आयोजित कार्यक्रमलाइ सम्बोदन गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने,’ प्रमुख दुई दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहित अन्य दलहरुबीच सहकार्य भई गठन भएको सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सुशासनको प्रत्याभूति दिलाउन सफल रहेको छ।’

नेपाल प्रेस युनियन पर्साद्वारा आज वीरगन्जमा दसैँ, तिहार, छठ र नेपाल संवत्को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले स्थानीय तहलाई बलियो बनाउन सङ्घीय सरकारले सहयोग गर्ने जानकारी दिए।

सञ्चारकर्मीका जिज्ञासामा मन्त्री चौरसियाले आगामी संसद्को हिउँदे अधिवेशनमा सङ्घ, प्रदेश र स्थानीय तहसँग सम्बन्धित कानुनहरु पारित हुने बताएका छन्। उनले भने, ‘ आगामी संसदको हिउँदे अधिवेशनमा शान्ति प्रक्रियासंग सम्बन्धित बाँकी विधेयक पनि पारित हुन्छन्। ‘

प्रकाशित: १ कार्तिक २०८१ १२:५७ | Thursday, October 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast