 
                             
                                            पोखरा- नेपाल समाजवादी पार्टी (नेसपा) का संयोजक डा.बाबुराम भट्टराईले शासन प्रणालीमा परिवर्तन नगरेसम्म देशको विकास र समृद्धि सम्भव नहुने बताएका छन्।
नेसपाको विधान महाधिवेशन आयोजक समितिले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
भट्टराईले देशमा बारम्बार हुने सत्ता समीकरण फेरबदललाई रोक्न प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्नेमा जोड दिए। प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था नभएसम्म देशमा स्थिरता कायम नहुने उनको भनाइ छ।
‘व्यवस्था परिवर्तन भए पनि उही पुरानै दलहरूले पालैपालो शासन गरेको देखियो, प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था नभई न देशमा स्थिरता कायम हुन्छ, न आर्थिक प्रगति सम्भव छ,’ भट्टराईले भने।
उनले शासन व्यवस्थामा परिवर्तनका लागि नयाँ शक्ति जरूरी भएको बताए।
नेसपाले पोखरामा कात्तिक ५ र ६ गते विधान अधिवेशन गर्दैछ। अधिवेशनबाट पार्टीको विधान र घोषणापत्र पारित गर्ने तयारी छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             ![[टिप्पणी] प्रमाणित भएको बाबुरामको दृष्टि](https://himalpress.com/wp-content/uploads/2025/10/prakash.jpeg) 
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 