समृद्धि र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरौँ : भट्टराई

हिमाल प्रेस ३ कार्तिक २०८१ १६:५२ | Saturday, October 19, 2024
समृद्धि र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरौँ : भट्टराई

पोखरा- नेपाल समाजवादी पार्टी (नेसपा) का संयोजक डा.बाबुराम भट्टराईले शासन प्रणालीमा परिवर्तन नगरेसम्म देशको विकास र समृद्धि सम्भव नहुने बताएका छन्।

नेसपाको विधान महाधिवेशन आयोजक समितिले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

भट्टराईले देशमा बारम्बार हुने सत्ता समीकरण फेरबदललाई रोक्न प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्नेमा जोड दिए। प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था नभएसम्म देशमा स्थिरता कायम नहुने उनको भनाइ छ।

‘व्यवस्था परिवर्तन भए पनि उही पुरानै दलहरूले पालैपालो शासन गरेको देखियो, प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था नभई न देशमा स्थिरता कायम हुन्छ, न आर्थिक प्रगति सम्भव छ,’ भट्टराईले भने।

उनले शासन व्यवस्थामा परिवर्तनका लागि नयाँ शक्ति जरूरी भएको बताए।

नेसपाले पोखरामा कात्तिक ५ र ६ गते विधान अधिवेशन गर्दैछ। अधिवेशनबाट पार्टीको विधान र घोषणापत्र पारित गर्ने तयारी छ।

प्रकाशित: ३ कार्तिक २०८१ १६:५२ | Saturday, October 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast