सञ्चालनमा आयो सुनकोशीको बेलिब्रिज

हिमाल प्रेस ६ कार्तिक २०८१ १७:३९ | Tuesday, October 22, 2024
सञ्चालनमा आयो सुनकोशीको बेलिब्रिज

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडानमा खटिएका प्राविधिक एवं नेपाली सेनाका जवानलाई सम्मान गरेका छन्।

गत असोज १२ को बाढीले सिन्धुली र रामेछाप जोड्ने पक्की पुल बगाएपछि सोही स्थानमा द्रुतगतिमा बेलिब्रिज जडान गरी सञ्चालनमा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सडक, पुलसम्बद्ध प्राविधिक तथा नेपाली सेनालाई मन्त्री दाहालले सम्मान गरेका हुन्।

आज (मंगलबार) बिपी राजमार्गअन्तर्गत सिन्धुली एवं रामेछापको सडक अनुगमन गर्दै पुल निरीक्षणका क्रममा खुर्कोट पुगेका पुग्नुभएका यातायातमन्त्री दाहालले विपत्तिका कारण अवरुद्ध भएको यातायात सञ्चालनका लागि खटिने सबै पक्ष धन्यवादको हकदार रहेको बताए।

सो अवसरमा सडक विभागका महानिर्देशक रामहरि पोखरेल, स‌ंघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपाने, पुल महाशाखा प्रमुख लीलजन खनालसहित टोलीको उपस्थिति थियो।

बाढीले रामेछापतर्फको ५१ मिटर पक्की पुल बगाएपछि आवागमन पूर्णरूपमा अवरुद्ध भएकामा आज ९मंगलबार०देखि यातायात सञ्चालनमा आएको नेपाली सेनाले जनाएको छ। बेलिब्रिज सञ्चालनमा आएसँगै गाडीको भारवहन क्षमता परीक्षण गरी यात्रुवाहक सवारी साधन सञ्चालन गर्ने व्यवस्था मिलाइएको बताइयो।

सम्मान कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङसहित स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेताहरू, सरकारी अधिकारीसहित स्थानीयवासीको उपस्थिति थियो।

प्रकाशित: ६ कार्तिक २०८१ १७:३९ | Tuesday, October 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast