संविधान संशोधन सबैको सहमतिमा हुन्छ : ईश्वर पोखरेल

हिमाल प्रेस १४ कार्तिक २०८१ १४:०८ | Wednesday, October 30, 2024
संविधान संशोधन सबैको सहमतिमा हुन्छ : ईश्वर पोखरेल

विराटनगर- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान संशोधन सबैको सहमतिमा हुने बताएका छन्। विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँगको भेटघाटमा वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान संशोधन कुन कुन विषयमा गर्ने भन्ने सम्बन्धमा वृहत छलफल गरिने उल्लेख गरे।

सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानविन समितिको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढाएको उनले बताए।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘संविधान संशोधन लोकतन्त्र सुदृढीकरणका लागि हो।’ मुलुक अप्ठ्यारो अवस्था तथा चरम संकटमा पुग्दा वर्तमान सत्ता गठबन्धन बनेको उनको भनाइ थियो।

प्रकाशित: १४ कार्तिक २०८१ १४:०८ | Wednesday, October 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast