शिक्षामन्त्री भट्टराईलाई शिक्षक निवृत्तिभरण व्यवस्थापनदेखि शिक्षा ऐनसम्म यस्ता सुझाव

हिमाल प्रेस ३० असोज २०८१ १२:३७ | Wednesday, October 16, 2024
शिक्षामन्त्री भट्टराईलाई शिक्षक निवृत्तिभरण व्यवस्थापनदेखि शिक्षा ऐनसम्म यस्ता सुझाव शिक्षामन्त्री विद्या भट्टराई । फाइल तस्बिर

काठमाडौँ- शिक्षा मन्त्रालयमा कार्यरत एमाले निकट निजामती कर्मचारीको संगठनको विभागीय कार्यसमितिले शिक्षामन्त्री विद्या भट्टराईलाई शिक्षक निवृत्तिभरण व्यवस्थापन गर्न सुझाव दिएका छन्।

कर्मचारी संगठनका अध्यक्ष शिवराज पोखरेलले मन्त्री भट्टराईलाई लिखित रूपमा शिक्षा सुधारका विभिन्न सुझाव दिने क्रममा उक्त सुझाव पनि दिएका हुन्।

उनले संघीय शिक्षा ऐन जारी गर्न मन्त्रालय नेतृत्वको पहिलो प्राथमिकता हुनुपर्ने सुझाव दिएका छन्। संगठनले कक्षा १०, १२, विश्वविद्यालयको परीक्षा प्रणाली सुधार गर्न सुझाव दिएको छ।

त्यस्तै, एनओसी, प्रमाणीकरण शाखाको सेवा प्रवाह प्रणालीका लागि संरचना तथा प्रक्रियामा सुधार गर्नुपर्ने, शिक्षक निवृत्तिभरण व्यवस्थापन र प्रमाणपत्र प्रमाणीकरण गर्ने व्यवस्थामा आइटीको प्रयोग गरी छिटो र छरितो बनाउनुपर्ने संगठनको माग छ।

उच्च शिक्षा, प्राविधिक शिक्षा ऐन ल्याउन पहल गर्नुपर्ने सुझाव पनि मन्त्री भट्टराईलाई छ। संगठनले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम क्षेत्र सुधार गर्न भट्टराईलाई सुझाव दिएको छ।

प्रकाशित: ३० असोज २०८१ १२:३७ | Wednesday, October 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast