विश्वकप एसिया छनोट खेलका लागि महिला क्रिकेट टोलीको घोषणा

हिमाल प्रेस ७ कार्तिक २०८१ २१:३५ | Wednesday, October 23, 2024
विश्वकप एसिया छनोट खेलका लागि महिला क्रिकेट टोलीको घोषणा

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोट खेलका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ।

आगामी नोभेम्बर ४ देखि १४ तारिखसम्म संयुक्त अरब इरिमेट्स (युएई) मा हुने उक्त छनोट प्रतियोगिताको लागि क्यानले पूजा महतोको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो।

त्यसैगरी छनोट हुने टोलीको अन्य सदस्यीयमा सोनी पाख्रिन उपकप्तान, अलिसा यादव, साना प्रविन, ज्योत्स्निका मरासैनी, कुसुम गोदार, सावित्रा धामी, करिस्मा गुरुङ, मनिषा उपाध्याय, रिया शर्मा, सिमना केसी, स्नेहा महरा, रचना चौधरी र तिर्सना विक छन्।

छनोट प्रतियोगितामा आयोजक युएईसँगै नेपाल, कुबेत र थाइल्याण्ड सहभागी हुनेछन्।

प्रकाशित: ७ कार्तिक २०८१ २१:३५ | Wednesday, October 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast