विश्नोई समूहले लियो भारतीय नेता सिद्दिकी हत्याको जिम्मा

हिमाल प्रेस २७ असोज २०८१ १३:०७ | Sunday, October 13, 2024
विश्नोई समूहले लियो भारतीय नेता सिद्दिकी हत्याको जिम्मा बाबा सिद्दिकी

काठमाडौँ- भारतको एनसीपी नेता (अजित पवार गुट) बाबा सिद्दीकी हत्याको जिम्मेवारी कुख्यात लरेन्स विश्नोई समूहले लिएको छ। यो समूहका एक सदस्यले सामाजिक सञ्जालमार्फत सिद्दिकी हत्याको जिम्मेवारी लिएका हुन्।

बलिवुडका अभिनेता सलमान खानसँग आफूहरूले कुनै युद्ध नचाहेको बताउँदै समूहका सदस्यले दाउद इब्राहिम र अनुज थापनसँग नजिक भएकाले सिद्दिकीको हत्या गरेको दाबी गरेका छन्।

प्रहरीले यो घटनामा तीन सुटरको पहिचान गरिसकेको र प्रमुख योजनाकारको खोजीमा लागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

विश्नोई समूहले सलमान खान र दाउदलाई मद्त गर्नेले ठूलो मूल्य चुक्ता गर्नुपर्ने चेतावनी दिएको छ।

शनिबार अबेर राति मुम्बुईको बान्द्रामा सिद्दिकीमाथि गोली प्रहार भएको थियो। गोली लागेर गम्भीर भएका उनको उपचारको क्रममा लिलावती अस्पतालमा निधन भएको थियो।

सिद्दिकीले यसै वर्षको फेब्रुअरीमा कांग्रेस छोडेर एनसिपी प्रवेश गरेका थिए। उनी विगत ४८ वर्षदेखि कांग्रेस पार्टीमा आवद्ध थिए।

प्रकाशित: २७ असोज २०८१ १३:०७ | Sunday, October 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast