 फइल तस्बिर
                             फइल तस्बिर
                                            काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पु¥याउन सक्दो पहल गर्ने बताएका छन्। स्वास्थ्य सामग्री अभाव भए मन्त्रालयलाई खबर गर्न उनले आग्रह गरेका छन्।
विपद् प्रभावित क्षेत्रका नागरिकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले पानीको शुद्धीकरण, व्यक्तिगत सफाइ तथा स्वास्थ्य उपचारका लागि आवयश्यक सामग्री मन्त्रालयले पठाएको उल्लेख गरे। ‘विपद्पछि पानीको स्रोतमा हुने प्रदूषण र फोहरका कारण पखाला, हैजा वा लामखुट्टेको टोकाइबाट डेङ्गु र जापानिज इन्सेफ्लाइटिसजस्ता संक्रमणबाट पीडित हुन नपरोस्। हामीले सचेतना र आवश्यक शुद्धीकरण तथा सरसफाइका सामग्री विपद् प्रभावित क्षेत्रमा पठाएका छौँ,’ उनले भने।
सम्बन्धित ठाउँमा ती सामग्री पुगे नपुगेको बारे स्थानीय स्वास्थ्य संस्था वा मन्त्रालयको आपतकालीन सहायता नम्बर १११५ मा सम्पर्क गर्न उनले आग्रह गरे।
देश प्राकृतिक विपद्को चपेटामा परेका कारण नागरिकले कष्ट भोगिरहनुपरेको उल्लेख गर्दै मन्त्री पौडेलले बाढी पहिरोका कारण सिर्जित संकटको चुनौतीबाट पार पाइ नसकेको बताए।
‘हामीले विपद्का समयमा घाइतेको निःशुल्क उपचारको प्रयत्न गर्यौँ। तर अब हामीले यत्तिकैमा सन्तोष मानेका छैनौँ। नागरिकको स्वास्थ्यको रक्षा गर्न आवश्यक हरेक प्रयत्नमा हामी तपाईंको साथमा छौँ,’ पौडेलले भने।
तीनै तहका सरकारको सहकार्यमा स्वस्थ पिउने पानी उपलब्ध गराउने प्रयत्न संघीय सरकारले गरिरहेको र कतिपय स्थानमा तत्काल विकल्प प्राप्त नहुँदासम्म तथा संक्रमाक रोगबाट जोगिन पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउन उनले अनुरोध गरेका छन्।
मन्त्री पौडेलले विपद्को घडीमा तमाम कठिनाइबीच आम नागरिकको सेवामा तल्लीन भएको भन्दै स्वास्थ्यकर्मी र स्वयंसेवीलाई धन्यवाद दिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             ![स्वास्थ्य सेवा प्रभावकारी हुन थालेको मन्त्री पौडेलको दाबी [१७ वटा अस्पतालको प्रगति विवरणसहित]](https://himalpress.com/wp-content/uploads/2024/08/pradeep_paudel.jpg) 
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 