विपद्पछिको पुनर्निर्माणमा गम्भीर बनेर लागेको छु : मन्त्री दाहाल

हिमाल प्रेस ७ कार्तिक २०८१ १४:५० | Wednesday, October 23, 2024
विपद्पछिको पुनर्निर्माणमा गम्भीर बनेर लागेको छु : मन्त्री दाहाल

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विपद् पछिको पुनर्निर्माणमा सरकार गम्भीर भएर लागेको बताएका छन्।

मंगलबार रामेछापको मन्थलीमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले वर्तमान सरकार काम गर्नकै लागि बनेकाले नागरिकको सहजताका लागि आवश्यक पुनःनिर्माणको काम गरिरहेको बताए।

उनले सरकारले आफ्नो गतिमा काम गर्दागर्दै विपद् आएपछि सरकारका प्राथमिकताहरु परिवर्तन भएको बताए। उनले सरकारले बाढी पहिरोबाट पीडित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित भइ काम गरिरहेको बताए। उनले विपद्का कारण सबैभन्दा बढी क्षति सडक र पुलपुलेसामा भएको बताए।

गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीले बगाएको रामेछाप र सिन्धुली जोड्ने खुर्कोटमा रहेको सुनकोशी नदीको बेलिब्रिज पुल निर्माण सम्पन्न भइ सञ्चालन गरिएको छ। नेपाली सेना र सरकारले मिलेर पुल निर्माण शुरु भएसँगै यातायात सञ्चालनमा केही सहज हुने अपेक्षा छ। सबैभन्दा पहिला पुलमा लोड सिमित गर्नुपर्ने चुनौती छ।

नेपाली सेनाले १५ टन मात्रैको सिफारिस गरेको छ। स्पिड सिमित गर्ने र भारवहन १५ टन मात्रै गर्नेगरी वार्निङ साइन राख्ने योजनाअनुसार काम अघि बढाइएको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन्।

प्रकाशित: ७ कार्तिक २०८१ १४:५० | Wednesday, October 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast