लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ

हिमाल प्रेस ८ कार्तिक २०८१ ९:३३ | Thursday, October 24, 2024
लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ

काठमाडौँ- लुम्बिनी प्रदेश सरकारमा नेपाली कांग्रेसका दुई र जनता समाजवादी पार्टीका एक गरी तीन जना मन्त्रीले शपथ लिएका छन्। तीन जना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ ग्रहण गराएका हुन्। कांग्रेसभित्रको आन्तरिक किचलोले रोकिएको मन्त्रिपरिषद् विस्तारको टुंगो बुधबार मात्रै लागेको थियो।

नेपाली कांग्रेसबाट बर्दियाबाट निर्वाचित जन्मजय तिमिल्सीनाले सामाजिक विकास मन्त्रालय, नवलपरासीबाट निर्वाचित देवकरण कलवारले वन तथा वातावरण मन्त्रालय र बाँकेको निर्वाचन क्षेत्र नम्ब२ को ख बाट निर्वाचित जनता समाजवादीका आदेशकुमार अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी पाएका छन्।

नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा कुरा नमिल्दा अझै एक मन्त्रालय मुख्यमन्त्रीकै जिम्मामा छ। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले बिहीवार बिहान उनीहरूलाई मन्त्री पदमा नियुक्त गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराइएको हो।

प्रकाशित: ८ कार्तिक २०८१ ९:३३ | Thursday, October 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast