काठमाडौँ- म्यानचेस्टर सिटी तथा स्पेनी मिडफिल्डर रोड्रीले सोमबार प्रतिष्ठित बालेन डी’ओर जितेका छन्।
उनले म्यानचेस्टर सिटीका लागि लगातार चौथोपल्ट इंग्लिस प्रिमियर लिग उपाधि जितेका थिए। यस्तै उनी युरो २०२४ विजेता स्पेनी टिमका पनि महत्त्वपूर्ण सदस्य थिए।
बार्सिलोना र स्पेनी स्टार आइटाना बोनमती महिलातर्फको अवार्ड जित्न सफल रहिन्।
प्रकाशित: १३ कार्तिक २०८१ ७:५० | Tuesday, October 29, 2024
प्रतिक्रिया





