रूसले १० हजार उत्तर कोरियाली सैनिक तैनाथ गर्‍यो : युक्रेन

हिमाल प्रेस १ कार्तिक २०८१ २१:१३ | Thursday, October 17, 2024
रूसले १० हजार उत्तर कोरियाली सैनिक तैनाथ गर्‍यो : युक्रेन

ब्रसेल्स (रासस/एएफपी)– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले आफ्नो देशविरुद्धको लडाइँमा १० हजार उत्तर कोरियाली सैनिक तैनाथ गरिरहेको बताएका छन्। उनले लडाइँमा उत्तर कोरयाली सैनिक तैनाथ भएको गुप्तचर निकायबाट जानकारी प्राप्त भएको बताएका हुन्।

उनले यसअघि पनि उत्तर कोरियालाई रुसी सेनामा सैनिक पठाएको आरोप लगाएका थिए। ‘उत्तर कोरियाका करिब १० हजार सैनिकलाई हामीविरुद्ध लड्न पठाउन तयारी गरिरहेको हामीलाई थाहा छ,’ उनले युरोपेली संघ (ईयू) का नेताहरूसँगको वार्तापछि ब्रसेल्समा पत्रकारहरूसँग भने।

ब्रसेल्समा ईयूका नेताहरूको शिखर सम्मेलन र नाटो रक्षामन्त्रीहरूको बैठक दुवैमा सहभागी भएका थिए। उनका अनुसार उत्तर कोरियाली सैनिकहरूमा ‘स्थल सेना’ र ‘अन्य रणनीतिक कर्मचारीहरू’ समावेश छन्।

‘यो विश्वयुद्धको पहिलो कदम हो,’ उनले भने। इरानले पनि रुसलाई ‘ड्रोन र क्षेप्यास्त्रहरू’ सहयोग गरिरहेको उनले उल्लेख गरे। उक्त दाबीलाई इरानले बारम्बार अस्वीकार गर्दै आएको छ।

जेलेन्स्कीले यसै महिनामा वासिङ्टन, पेरिस, बर्लिन, रोम र लन्डनसहित पश्चिमी राजधानीहरूको तीव्र दौडाहा गरेका थिए।

प्रकाशित: १ कार्तिक २०८१ २१:१३ | Thursday, October 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast