रास्वपाका कार्यकर्तालाई पार्टी कार्यालय आउन उर्दी, ७७ वटै जिल्लामा अलर्ट रहन निर्देशन

हिमाल प्रेस २ कार्तिक २०८१ १६:१३ | Friday, October 18, 2024
रास्वपाका कार्यकर्तालाई पार्टी कार्यालय आउन उर्दी, ७७ वटै जिल्लामा अलर्ट रहन निर्देशन रास्वपा केन्द्रीय कार्यालय ।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ उपत्यका भएका नेता कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा उपस्थित हुन उर्दी जारी गरेको छ। रास्वपाकी नेतृ ज्वाला संग्रौलाले फेसबुकमा अत्यन्त जरुरी सूचना भन्दै काठमाडौँमा भएका सबै नेता कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुन भनेकी हुन्। साथै उनले ७७ वटै जिल्लामा रास्वपाका कार्यकर्ता तथा समर्थकलाई सतर्क अवस्थामा रहन पनि आग्रह गरेकी छन्।

सहकारी बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्ने तयारी भएसँगै रास्वपाले कार्यकर्तालाई भेला हुन निर्देशन दिएको बुझिएको छ। विभिन्न सहकारीको रकम गोर्खा मिडियामा आएको र आएको रकम अपचलन गरेको आरोप लामिछानेमाथि छ।

लामिछानेमाथि छानबिन गर्न विशेष संसदीय छानबिन समिति पनि बनेको थियो। एमाले सांसद सूर्य थापा नेतृत्वको समितिले रविले सहकारीबाट रकम नल्याएको तर सहकारीबाट गोर्खा मिडियामा आएको रकम अपचलन गरेको पाइएको निष्कर्ष निकाल्दै कारबाहीको लागि सिफारिस गरेको थियो।

सभामुख देवराज घिमिरेले पनि उक्त प्रतिवेदन अनुसार कारबाही अघि बढाउन सरकारलाई सिफारिस गरेका थिए। सरकारले पनि उक्त प्रतिवेदनअनुसार कामकारबाही अघि बढाउन गृहमन्त्रायलय र गृह मातहतका निकायलाई निर्देशन दिएको थियो।

यही प्रकरणमा मुछिएका पूर्वडीआईजी छविलाल जोशी भने पक्राउ परिसकेका छन्। कास्की प्रहरीले उनीसँग बयान लिइसकेको छ। गोर्खा मिडियाका अध्यक्ष जीबी राई भने फरार छन्।

अहिले रास्वपाको कार्यालयमा कार्यकर्ता उपस्थित हुन थालिसकेका छन्।

सहकारी प्रकरण : पूर्वडीआईजी जोशीलाई अदालत लगियो

प्रकाशित: २ कार्तिक २०८१ १६:१३ | Friday, October 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast