काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित शारदीय दुर्गा पूजाका अवसरमा शुक्रबार नौ जना कन्याको विधिपूर्वक पूजा गरेका छन्।
राष्ट्रपति भवनमा उनीहरूले कन्याहरूको पूजा गरेका हुन्। नवरात्रमा दुर्गादेवीका नौ रूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि महागौरी र सिद्धिदात्रीको पूजार्चनासँगै ती देवीका प्रतीक मानेर राष्ट्रपति दम्पतीले नौ कन्याको पूजा गरेका हुन्।
प्रकाशित: २५ असोज २०८१ १४:२३ | Friday, October 11, 2024
प्रतिक्रिया




