रात्रिबस दुर्घटनामा चारजनाको मृत्यु

हिमाल प्रेस ३० असोज २०८१ ६:४९ | Wednesday, October 16, 2024
रात्रिबस दुर्घटनामा चारजनाको मृत्यु

डडेल्धुरा- डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। महेन्द्रनगरबाट बैतडीको पुर्चौँडी गइरहेको रात्रिबस मंगलबार राति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चारजनाले ज्यान गुमाएका हुन्। दुर्घटनामा १२ जना घाइते भएका छन्।

दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बताए।

दुर्घटनामा बैतडीको पुर्चौँडी नगरपालिका-३ का ४५ वर्षीया जयमती बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा, उनका छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो।

प्रहरी निरीक्षक बमका अनुसार बसचालक वीरेन्द्र बोहरा गम्भीर घाइते भएकमा छन्। उनलाई उपचारका लागि धनगढी पठाइएको छ। अन्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रकाशित: ३० असोज २०८१ ६:४९ | Wednesday, October 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast