राजेन्द्र महतो । फाइल तस्बिर
काठमाडौँ- राजेन्द्र महतोले दल दर्ताका लागि निवेदन दिएका छन् । आज शुक्रबार निर्वाचन आयोगमा राष्ट्रिय मुक्ति पार्टी, नेपाल दर्ताका लागि निवेदन दिएको नेता केशव झाले जानकारी दिए। उनका अनुसार १७३ जना केन्द्रीय सदस्य रहने पार्टीको अध्यक्ष महतो हुनेछन्। पार्टीको चुनाव चिह्न माछा माग गरिएको उनको भनाइ छ। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका महतोले केही महिनायता राष्ट्रिय मुक्ति नेपाल नाममा अभियान चलाउँदै आएका थिए।

प्रकाशित: ९ कार्तिक २०८१ १५:२३ | Friday, October 25, 2024
प्रतिक्रिया




