रवि लामिछाने पक्राउ परेपछि पहिलो पटक बस्दैछ रास्वपा बैठक

हिमाल प्रेस १० कार्तिक २०८१ ८:३२ | Saturday, October 26, 2024
रवि लामिछाने पक्राउ परेपछि पहिलो पटक बस्दैछ रास्वपा बैठक रास्वपा केन्द्रीय कार्यालय ।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। बैठक पार्टी कार्यालय, वनस्थलीमा शनिबार (आज) दिउँसो १ बजे बस्ने कार्यवाहक प्रवक्ता मनीष झाले बताए।

बैठकमा आगामी कार्यदिशा, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने कार्यवाहक प्रवक्ता झाले बताए। सभापति लामिछाने अघिल्लो शुक्रबार साँझ सहकारी ठगी प्रकरणमा पार्टी कार्यालयबाटै पक्राउ परेका थिए।

लामिछानेलाई प्रहरीले पक्राउ गरेर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेको छ। लामिछाने पक्राउ परेसँगै रास्वपाले पोखरामा लगातार पाँच दिन विरोध प्रदर्शन गरेको थियो । शुक्रबारबाट भने रास्वपाले काठमाडौंकेन्द्रित प्रदर्शनका कार्यक्रम गर्न थालेको छ।

लामिछाने हिरासतमा रहँदा पनि रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी भने कसैलाई तोकिएको छैन।

प्रकाशित: १० कार्तिक २०८१ ८:३२ | Saturday, October 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast