रवि लामिछानेविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा

हिमाल प्रेस ४ कार्तिक २०८१ १६:४५ | Sunday, October 20, 2024
रवि लामिछानेविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा रवि लामिछाने। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध म्याद थप गर्ने प्रयोजनका लागि भएको बहस सकिएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा बहस सकिएको हो।

केहीबेरमै म्यादबारे आदेश आउने बताइएको छ। प्रहरीले रवि लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका सरकारी वकिलको कार्यालयमार्फत म्याद थपका लागि ५ दिनको म्याद लिएको थियो।

लामिछाने सहकारी ठगी प्रकरणमा शुक्रबार पक्राउ परेका थिए। लामिछानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरी पोखरा पुर्‍याएको थियो। उनलाई आजै प्रहरीले अदालतमा उपस्थित गराएको थियो।

रवि लामिछानेलाई अदालत लगियो

रविले भने : यो सरकार रहेसम्म देश बन्दैन, सबैले ओली शासनको विरोध गरौँ

प्रकाशित: ४ कार्तिक २०८१ १६:४५ | Sunday, October 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast