रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइने

हिमाल प्रेस ४ कार्तिक २०८१ ७:१० | Sunday, October 20, 2024
रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइने रवि लामिछाने। फाइल तस्बिर

काठमाडौँ- रवि लामिछानेलाई आज अदालतमा उपस्थित गरिने भएको छ। जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँदै राति नै पोखरा लगिएको थियो।

हिजो सार्वजनिक बिदा परेका कारण आज मात्रै जिल्ला अदालत कास्कीमा उपस्थित गराइने प्रहरीले जनाएको छ । लामिछाने पक्राउ परेसँगै रास्वपाले सडक प्रदर्शन गरेकोले पोखरामा सुरक्षा व्यवस्था कडा पारिएको छ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो।

प्रकाशित: ४ कार्तिक २०८१ ७:१० | Sunday, October 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast