रवि भन्छन् : मलाई जेल हाल्ने, रास्वपा लडाउने षडयन्त्र भइरहेको छ

हिमाल प्रेस २ कार्तिक २०८१ १८:४४ | Friday, October 18, 2024
रवि भन्छन् : मलाई जेल हाल्ने, रास्वपा लडाउने षडयन्त्र भइरहेको छ रवि लामिछाने : फाइल तस्बिर

काठमाडौँ- रवि लामिछानेले पक्राउ गर्नुअघि पार्टी कार्यालयमा रहेका नेता कार्यकर्तालाई सम्बोधन गरेका छन्। सम्बोधनको क्रममा उनले आफू अहिलेको चक्रव्यूहबाट निस्केर आउने दाबी गरे।

लामिछानेले ठूला भनिएका दलहरू रवि लामिछाने र रास्वपालाई सिध्याउने गरी लागे पनि रास्वपा अभियान बनिसकेकोले केही फरक नपर्ने बताए। ‘सरकारलाई चेतावनी दिन चाहान्छु, षड्यन्त्र गरेर लडाउने होइन। यिनको ध्यान रवि लामिछानेलाई जेल हाल्ने, रास्वपालाई लडाउने हो, रास्वपा अभियान बनिसकेको छ । एक से एक नेताहरू छन् ।’

सहकारी ठगी प्रकरणमा जोडिएका लामिछानेलाई पक्राउ गर्न आज शुक्रबार कास्की जिल्ला अदालतले अनुमति दिएको थियो। लामिछानेलाई प्रहरीले रविलाई आजै पोखरा लैजाँदै छ।

प्रकाशित: २ कार्तिक २०८१ १८:४४ | Friday, October 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast