रवि पक्राउ पर्दा ओलीविरुद्ध नाराबाजी गलत : विष्णु रिजाल

हिमाल प्रेस ४ कार्तिक २०८१ १०:४३ | Sunday, October 20, 2024
रवि पक्राउ पर्दा ओलीविरुद्ध नाराबाजी गलत : विष्णु रिजाल

काठमाडौँ- नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजाल प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी हुनु र गालीगलौज गर्नु अत्यन्त आपत्ति जनाएका छन्।

नेता रिजालले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीविरुद्ध अभिव्यक्तिको विरोध जनाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारावाजी र सामाजिक सञ्जाल एवं विभिन्न माध्यमबाट गालीगलौज दिएपछि नेता रिजालले आपत्ति जनाएका हुन्।

उनले भनेका छन्, ‘सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गोरखा मिडिया नेटवर्कका तत्कालीन कार्यकारी निर्देशक रवि लामिछाने पक्राउ परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध नारावाजी हुनु र गालीगलौज गर्नु अत्यन्त आपत्तिजनक छ।’

प्रकाशित: ४ कार्तिक २०८१ १०:४३ | Sunday, October 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast