रविको आक्रोश : ‘सुरूवात तिमीहरूले गर्‍याै, अन्त्य हामीले गर्नेछौँ’

हिमाल प्रेस २ कार्तिक २०८१ १७:३६ | Friday, October 18, 2024
रविको आक्रोश : ‘सुरूवात तिमीहरूले गर्‍याै, अन्त्य हामीले गर्नेछौँ’ रवि लामिछाने। फाइल तस्बिर

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ पुस्तालाई सिध्याउन सरकारले षडयन्त्र गरेको आरोप लगाएका छन्।

सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेसँगै रास्वपा सभापति लामिछानेले यस्तो बताएका हुन्।
उनले पुराना राजनीतिक दलका नेताहरूको दिनगन्ती सुरू भएको चेतावनी पनि दिएका छन्।

‘ठीक छ, म तपाईंहरूको दिनगन्ती सुरू भएको खुसियालीमा कानुनलाई पूरै सघाउने प्रतिबद्धता व्यक्त गर्दछु। नयाँ पुस्तालाई एकएक गर्दै सक्काउँदै जाने तिमिहरूको कुनियतले तिमीहरूलाई चाँडै रसातालमा पु¥याएको यो देशले चाँडै देख्ने छ। सुरूवात तिमीहरूले ग¥यौ, अन्त्य हामीले गर्नेछौँ, नेपाली जनताले गर्नेछन्, छिट्टै गर्नेछन्,’ लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रकाशित: २ कार्तिक २०८१ १७:३६ | Friday, October 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast