युक्रेन पुगे अमेरिकी रक्षामन्त्री

हिमाल प्रेस ५ कार्तिक २०८१ २१:०५ | Monday, October 21, 2024
युक्रेन पुगे अमेरिकी रक्षामन्त्री तस्बिरः रोयटर्स

किएभ (रासस/एएफपी)- अमेरिकी रक्षामन्त्री लोयड अस्टिन सोमबार किएभ आइपुगेका छन्। यो भ्रमण रुससँगको युद्धमा युक्रेनका लागि महत्त्वपूर्ण क्षण हो। त्यस्तै अमेरिकी चुनावअघिको केही हप्तामा भएको यस भ्रमणलाई महत्वका साथ हेरिएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पश्चिमी सहयोगीहरूलाई लामो दूरीका हतियारहरूको प्रयोगमा प्रतिबन्ध हटाउन र नाटोमा तत्काल सामेल हुन निमन्त्रणाका लागि दबाब दिइरहेका बेला अस्टिन किएभ आइपुगेका हुन्।

तथापि युक्रेनलाई अर्को महिना डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा निर्वाचित भए अमेरिकी सैन्य समर्थन घट्ने सम्भावनाको डर छ।

‘म रक्षामन्त्रीका रूपमा चौथो पटक युक्रेनमा फर्केको छु,’ किएभ रेलवे स्टेसनमा आफ्नो तस्बिर पोस्ट गर्दै अस्टिनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘मेरो पूर्व घोषणा नगरिएको भ्रमणले संयुक्त राज्य अमेरिका, अन्तर्राष्ट्रिय समुदायसँगै निरन्तर युक्रेनको साथमा रहेको देखाउँछ।’

अस्टिनले युक्रेनी नेताहरूसँग भेट गर्ने अमेरिकी रक्षा मन्त्रालयले बताएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार जर्मनी, फ्रान्स र बेलायतका नेताहरूसँगै युक्रेनलाई समर्थन जारी राख्ने प्रतिज्ञा गर्दै ‘रुसको निरन्तर आक्रामक युद्धको’ निन्दा गरे।

प्रकाशित: ५ कार्तिक २०८१ २१:०५ | Monday, October 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast