यस्तो बन्यो ‘पूर्ण बहादुरको सारङ्गी’ को ट्रेलर

हिमाल प्रेस १ कार्तिक २०८१ १३:४४ | Thursday, October 17, 2024
यस्तो बन्यो ‘पूर्ण बहादुरको सारङ्गी’ को ट्रेलर

काठमाडौँ- फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को ट्रेलर सार्वजनिक भएको छ। विजय बराल मुख्य भूमिकामा रहेको फिल्मको ट्रेलरमा सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका पूर्णबहादुरको कथा प्रस्तुत गरिएको छ। साथै फिल्ममा परम्परागत संस्कृतिको जोगेर्ना गर्नपर्ने सन्देश पनि दिइएको छ।

फिल्ममा अभिनेता बरालसहित प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह, जानवी पौडेललगायत कलाकारको अभिनय छ।

महेश दवाडीको पटकथा र संवाद रहेको फिल्मका निर्देशक सरोज पौडेल हुन्। फिल्म कात्तिक १५ गते प्रदर्शन हुनेछ।

सेभेन सिज सिनेमा र बाँसुरी फिल्म्सको प्रस्तुति रहेको फिल्मका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्। फिल्मको कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल छन्।

प्रकाशित: १ कार्तिक २०८१ १३:४४ | Thursday, October 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast