यस्तो छ विदेशी मुद्राको विनिमय दर

हिमाल प्रेस ३० असोज २०८१ ६:५४ | Wednesday, October 16, 2024
यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार बुधबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ८९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ २९ पैसा, स्विस फ्रयांक एकको खरिददर एक सय ५५ रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ३२ पैसा कायम गरिएको छ।

अस्टे«लियन डलर एकको खरिददर ९० रुपैयाँ ५ पैसा र बिक्रीदर ९० रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४५ पैसा, सिंगापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ९९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८० पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा कायम भएको छ।

त्यसैगरी थाई भाट एकको खरिददर ४ रुपैयाँ २ पैसा र बिक्रीदर चार रुपैयाँ ४ पैसा, यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६९ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३ १ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा कायम छ। साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९ रुपैयाँ ९१ पैसा, स्विडिस क्रोनर एकको खरिददार १२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२ रुपैया ९८ पैसा, र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ६० पैसा र बिक्रीदर १९ रुपैयाँ ६९ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ४५ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ८८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ४७ पैसा तोकेको छ। भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ।

प्रकाशित: ३० असोज २०८१ ६:५४ | Wednesday, October 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast