यस्तो छ आजको मौसम

हिमाल प्रेस ३ कार्तिक २०८१ ६:१५ | Saturday, October 19, 2024
यस्तो छ आजको मौसम फाइल तस्बिर।

काठमाडौँ- हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव छ। जसको प्रभावस्वरुप यतिबेला कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ।

देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। अहिले कोशी र बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ।

देशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

आज राति पनि कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहने छ। देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका सबैजसो पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित राति पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

प्रकाशित: ३ कार्तिक २०८१ ६:१५ | Saturday, October 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast