यसकारण दिनहुँ बढिरहेको छ सुनको मूल्य

हिमाल प्रेस २ कार्तिक २०८१ १६:५६ | Friday, October 18, 2024
यसकारण दिनहुँ बढिरहेको छ सुनको मूल्य

काठमाडौँ– दसैँपछि सुनको मूल्यले दैनिक एकपछि अर्को नयाँ रेकर्ड कायम गरेको छ। विगत केही समयदेखि उचाइतर्फ लागेको मूल्यले गत बुधबार, बिहीबार र पछिल्लो कारोबार भएको दिन शुक्रबार तीनै दिन एकपछि अर्को गर्दै नयाँ उचाइ कायम गरेको हो।

अन्तर्राष्ट्रिय बजारमा देखिएको द्वन्द्वको प्रभावसँगै अमेरिकी डलरको विनिमय दरमा देखिएको मजबुतीले सुनको मूल्यमा नयाँ रेकर्ड कायम गर्न सहयोग पुर्‍याएको किरणभाइ बज्राचार्य नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव किरणभाइ बज्राचार्यले बताए।

महासंघका अनुसार नेपाली बजारमा पनि यो साता सुनको मूल्यले रेकर्ड कायम गरेको छ। साताको पहिलो र दोस्रो दिन दसैँ बिदा परेकोले यी दुई दिन कारोबार भएन।

साताको तेस्रो दिन मंगलबार प्रति १० ग्राम १ लाख ३७ हजार ६ सय रुपैयाँ रहेको सुनको मूल्य साताको चौथो दिन बुधबार उच्च रेकर्ड राख्दै प्रति १० ग्राम १ लाख ३८ हजार ७ सय १५ रुपैयाँ पुग्यो। यस्तै बिहीबार पनि नयाँ रेकर्ड राख्दै प्रति १० ग्राम १ लाख ३९ हजार २ सय ३० पुग्यो। शुक्रबार पनि पुनः नयाँ रेकर्ड राख्दै प्रति १० ग्राम सुनको मूल्य १ लाख ४० हजार ९ सय ४५ पुग्यो।

यो मूल्य साताको पहिलो कारोबार भएको दिन मंगलबारको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम ३ हजार ३ सय ४५ रुपैयाँ बढी हो।

यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि सामान्य बढ्यो। साताको पहिलो दिन मंगलबार प्रति १० ग्राम १ हजार ६ सय ५० रुपैयाँ ५० पैसा रहेको मुल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ६ सय ९७ रुपैयाँ ५० पैसा कायम भयो।

प्रकाशित: २ कार्तिक २०८१ १६:५६ | Friday, October 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast