मैथिली गीत ‘माने ना जिया’ मा काजल र राजिवको प्रेम कथा

हिमाल प्रेस ११ कार्तिक २०८१ १३:३५ | Sunday, October 27, 2024
मैथिली गीत ‘माने ना जिया’ मा काजल र राजिवको प्रेम कथा

काठमाडौँ- त्रिकोण इन्टरटेनमेन्टको प्रस्तुतिमा ‘माने ना जिया’ बाेलकाे मैथिली गीत सार्वजनिक भएको छ। गीतमा सुमित मलिक र कृशला चौधरीले स्वर दिएका छन्।

श्याम किशोर मण्डलको शब्द रहेको गीतमा प्रशान्त अरविन्दले केही शब्द थपेर पूर्ण बनाएका हुन्। गायक सुमितले संगीत भरेको गीतमा सुयोग महतोको संगीत संयोजन छ।

गीतको भिडियोमा काजल कर्ण र राजिव समरको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। भिडियोमा मन्दिरको पेटीमा फूल बेच्ने काजलसँग राजिव समरको प्रेम कथा देखाइएको छ।

कोरियोग्राफर समरले अभिनय गरेको यो पहिलो म्युजिक भिडियो हो। त्यस्तै काजलले मोफोसलमा रहेर २ दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्।

कोरियोग्राफीमै व्यस्त राजिवले केही म्युजिक भिडियोको निर्देशन पनि गरेका छन्। यो गीतको भिडियो निर्देशन र कोरियोग्राफी पनि राजिवकै छ।

सागर यादवले छायांकन गरेको गीतको भिडियो सुप्रिम पराजुलीको सम्पादन र कलर संयोजनमा बनेको छ। गीतको निर्माता काजल कर्ण हुन् भने सह-निर्मातामा राहुल कर्ण छन्।

प्रकाशित: ११ कार्तिक २०८१ १३:३५ | Sunday, October 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast