काठमाडौँ- ओमानमा जारी एसीसी मेन्स इमर्जिङ कप टी-२० प्रतियोगितामा अगफगानिस्तान ‘ए’ ले भारत ‘ए’ लाई पराजित गर्दै फाइनलमा पुगेको छ। इमर्जिङ एसिया कपको दोस्रो सेमिफाइनल खेलमा अफगानिस्तान ‘ए’ ले भारत ‘ए’ माथि २० रनको जित हासिल गरेको हो।
अफगानिस्तान ‘ए’ ले दिएको २०७ रनको लक्ष्य पछ्याएको भारत ‘ए’ ले निर्धारित २० ओभरमा १८६ रन मात्र बनायो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान ‘ए’ ले २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको थियो।
पहिलो सेमिफाइनलमा श्रीलंका ‘ए’ ले पाकिस्तान ‘ए’ लाई पराजित गरेको थियो। अब फाइनलमा अफगानिस्तान ‘ए’ र श्रीलंका ‘ए’ आइतबार भिड्ने छन्।
प्रकाशित: १० कार्तिक २०८१ ६:५८ | Saturday, October 26, 2024
प्रतिक्रिया





