मेची–महाकाली उद्धार यात्रा : झापाबाट १० जनाको उद्धार

हिमाल प्रेस २८ असोज २०८१ १८:५१ | Monday, October 14, 2024
मेची–महाकाली उद्धार यात्रा : झापाबाट १० जनाको उद्धार फाइल तस्बिर।

झापा– झापाको मेचीनगर–६ काँकरभिट्टास्थित मेची पुलबाट सोमबार मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा आरम्भ भएको छ। यात्राका क्रममा झापाबाट १० जनाको उद्धार गरिएको छ।

जिल्लाका विभिन्न स्थानबाट नौ पुरुष र एक महिलाको उद्धार गरिएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिए।

मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा थालिएको उद्धार अभियानका क्रममा मेचीनगर नगरपालिकाबाट चार, बिर्तामोड नगरपालिकाबाट दुई, कनकाई नगरपालिकाबाट दुई र शिवसताक्षी नगरपालिकाबाट दुई जनाको उद्धार गरिएको हो।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ मूल भावका साथ ३२ दिने उद्धार यात्रा सुरु भएको हो। उद्धार गरिएकालाई मानव सेवा आश्रम मेचीनगर सेवाकेन्द्रमा राखिएको छ।

मानव सेवा आश्रमले सातै प्रदेशका १९ जिल्लामा २५ सेवाकेन्द्र विस्तार गर्दै सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार, उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलन गराउँदै आएको अध्यक्ष अधिकारीले बताए।

‘यसअघिका मेची–महाकाली राष्ट्रिय उद्धार यात्रामा एक हजारभन्दा बढी व्यक्तिको उद्धार गरिएको थियो,’ उनले भने।

प्रकाशित: २८ असोज २०८१ १८:५१ | Monday, October 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast