मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राका क्रममा आज छ जनाको उद्धार

हिमाल प्रेस २९ असोज २०८१ २०:४२ | Tuesday, October 15, 2024
मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राका क्रममा आज छ जनाको उद्धार

विराटनगर– मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत मंगलबार छजना सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार गरिएको छ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल भावनाका साथ सोमबारदेखि सुरु भएको यात्रा ३२ दिनसम्म सञ्चालन हुनेछ। यसक्रममा आज उद्धार टोलीले झापाको दमकदेखि मोरङको विराटनगर महानगरपालिकासम्मका सडकपेटी तथा सार्वजनिकस्थलमा बेवारिसे अवस्थामा भेटिएका मानवको उद्धार गरिएको हो।

उद्धार टोली सदस्य रामजी अधिकारीले झापाको दमक नगरपालिकाबाट दुई, मोरङको बेलबारीबाट दुई, ग्रामथान गाउँपालिकाबाट एक र विराटनगर महानगरपालिका– १५, रामजानकी मार्गबाट एक जनाको उद्धार गरिएको जानकारी दिए।

यात्राको पहिलो दिन सोमबार १० जना सडकआश्रित मानवको उद्धार गरिएको उनले बताए। उद्धार गरिएकाहरूलाई आजै मानवसेवा आश्रम विराटनगर सेवाकेन्द्रमा गृहप्रवेश गराइएको छ।

प्रकाशित: २९ असोज २०८१ २०:४२ | Tuesday, October 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast