मुख्य ‘पावर ग्रिड’ फेल हुँदा क्युबामा ‘ब्ल्याकआउट’

हिमाल प्रेस ३ कार्तिक २०८१ १७:२६ | Saturday, October 19, 2024
मुख्य ‘पावर ग्रिड’ फेल हुँदा क्युबामा ‘ब्ल्याकआउट’

काठमाडौँ- ल्याटिन अमेरिकी मुलुक क्युबाको मुख्य ‘पावर ग्रिड प्लान्ट’ बिग्रिएपछि देशभर बिजुलीको संकट सिर्जना भएको छ।

मुख्य पावर ग्रिड फेल भएपछि क्युबामा बिजुली संकट सिर्जना भएको हो। मुख्य पावर ग्रिड फेल भएपछि पूरै देशमा ‘ब्ल्याकआउट’ को स्थिति उत्पन्न भएको बीबीसीले जनाएको छ।

क्युबाको ऊर्जा मन्त्रालयले राति लगभग ११ बजेदेखि पावर ग्रिड फेल भएको जनाएको छ। पुनः विद्युत आपूर्ति सञ्चालन गर्न कति समय लाग्ने यसबारे यकिन नरहेको ऊर्जा मन्त्रालयका अधिकारीहरूको भनाइ छ।

क्युबा पहिलेदेखि बिजुली संकटको सामना गरिरहेको छ। बिजुली आपूर्तिमा समस्या देखिएपछि त्यहाँको सरकारले ‘ऊर्जा संकटकाल’ घोषणा गरेको छ।

प्रकाशित: ३ कार्तिक २०८१ १७:२६ | Saturday, October 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast